दवाव छल्न बर्जु गाउँपालिकाका अध्यक्ष राय सम्पर्क कार्यालयमा सरे

<span class='c1'>दवाव छल्न बर्जु गाउँपालिकाका अध्यक्ष</span> <span class='c2'>राय सम्पर्क कार्यालयमा सरे</span>

विराटनगर । बर्जु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको मनमुटाव उत्कर्षमा पुगेको छ । विवादका कारण नै अध्यक्ष जिवछकुमार रायले गाउँपालिका कार्यालय छोडेर स्वास्थ्य चौकीमा सम्पर्क कार्यालय स्थापना गरेर सरेका छन् ।
बर्जु गाउँपालिकाको कार्यालय वडा नम्बर ५ अमाहीबेहाबाट अध्यक्ष राय वडा नम्बर २ को स्वास्थ्य चौकीमा सरेर काम गरिरहेका हुन् । उनले मुख्य कार्यालयमा भेटघाट गर्नेको भीडले हैरान भएपछि १२ बजेसम्म वडा नम्बर २ को स्वास्थ्यचौकीमा बसेर नागरिकका कुरा सुन्ने गरेको बताए । तर, उपाध्यक्ष नितु चौधरीको घेराबन्दीले काम गर्नै नसक्ने अवस्था आएपछि उनी अन्तै बसेर कामकाज गर्न थालेको एक जनप्रतिनिधिले बताए ।

‘अब सुचना नै निकालेर १२ बजेपछि व्यक्तिगत भेटघाटको कार्य नगर्ने जानकारी दिन्छु’ अध्यक्ष रायले भने–जतिबेलै भेट्न आउने काम सकाएर पनि दुई घण्टासम्म कार्यकक्षमा बस्दा प्रशासनिक काम गर्न साह्रै गाह्रो भएको छ । उनले अब १ बजेदेखि कार्यकक्षमा व्यक्तिगत भेटघाटलाई निषेध गरेर कार्यालयको काम, योजना निर्माण र कार्यन्वयनको काममा चासो राखिने बताए ।

उपाध्यक्ष चौधरीसँग विवाद नभएको अध्यक्ष रायको दावी थियो । तर, उपाध्यक्ष चौधरीले आफ्ना श्रीमान्मार्फत मनलाग्दी विकास निर्माणका काम गराएर बिल पेस गरेपछि अध्यक्षले भुक्तानी दिन नमिल्ने बताएका थिए । त्यस विषयबाट सुरु भएको विवाद उत्कर्षमा पुग्दा उपाध्यक्ष चौधरीले गत हप्ता शिक्षा शाखामा तालाबन्दी समेत गरेकी थिइन् । उपाध्यक्षका श्रीमान् श्रवण चौधरीले मनखुशीले वडा नम्बर ६ को नहर, वडा नम्बर १ को वडा कार्यालय र बर्जु तालमा माटो पुरेको भन्दै ४० लाखको बिलको भुक्तानी माग्दै पेस गरेका थिए । त्यस्तै अर्का प्रदिप चौधरीले वडा नम्बर ३ मा बाटो ढलाई गरेको भन्दै दशलाखको भुक्तानी माग्दै बिल पेस गरेका थिए । योजना शाखा प्रमुख र उपाध्यक्षले अनुगमन गरेको प्रतिवेदन पेस गरेर भुक्तानी प्रक्रिया बढाएपछि अध्यक्ष रायले यसो गर्न नमिल्ने बताएका थिए ।

त्यसपछि सुरु भएको विवाद शिक्षा शाखाका सहायक अधिकृत हेमराज दाहालकी श्रीमतीलाई भोजपुरबाट सरुवा गराएर बर्जु–२ को स्वास्थ्य चौकीमा ल्याएको विषयमा उछालिएको थियो । सरुवा गरेर ल्याउँदा आफूलाई नभनेको भन्दै उपाध्यक्ष चौधरीले कार्यालयको विभिन्न शाखामा तालाबन्दी गरेपछि छलफल बसेर मिलाइएको थियो ।

उपाध्यक्षको घर ६ नम्बर वडामा पर्दछ । बर्जु गाउँपालिकामा एक वर्षको अवधीमा ११ किलोमिटर सडक कालोपत्रे र चारवटा विद्यालयका भवन निर्माण भएका छन् । यसको जस अध्यक्षले लिएको भन्दै उपाध्यक्षले भने साना योजनामा आफ्नो सानिमाका छोरा प्रदिप र श्रीमान श्रवणमार्फत काम गराएर भुक्तानी गर्न दवाव दिने गरेको आरोप छ । यद्यपी अध्यक्ष रायले भने यी आरोपहरुका बारेमा आफूलाई धेरै जानकारी नभएको बताए । उनले अलिअलि सामान्य विवाद भएपनि कार्यालय नै छोडेर हिडेको भन्ने विषय चाँहि नभएको बताए । बर्जुमा अध्यक्ष र उपाध्यक्ष नै एमालेबाट निर्वाचित हुन् । रायले केहि गर्ने योजना बनाउने गरेपनि चौधरीले त्यसमा भाग खोज्ने गर्दा बारम्बार समस्या भईरहेको स्थानीय एक युवाको भनाई छ ।

उपाध्यक्ष चौधरीले कुनै पनि कुरा प्रमाणित हुने गरि मात्रै आरोप लगाउनु पर्ने बताइन् । उनले कसैले कसलाई काम दियो भन्ने कुरा छानविन गरेर प्रमाणित गरे भईहाल्ने बताइन् । अध्यक्षले कार्यालय छोडेको हो की हैन भन्ने कुरा कार्यालयमै आएर थाहा हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्