- सृष्टि सावित्रा
मेरै भागमा आउछ संधै दुःख अनि पीरहरू
यस्तो सम्म हुँदोरहेछ मान्छेको तक्दिरहरू
भित्तामा छु भनेर इसारा दिन्थे कहिलेकाहीँ
अचेल मसँग रिसाएकाछन् तिम्रा तस्बिरहरू
अचानो भएर जिन्दगी आफैं दुखेको बेला
फेरि कहाँबाट उनिन, आइपुग्छन् झिरहरू
उदेश्य केही नबोकेको गन्तव्य कहीँ नभएको
कति होलान् सफरमा म जस्ता मुसाफिरहरू
कलममा दम भेटियो गरिबले चलाउँदा पनि
हिजोआज मेरो पाउमा झुक्छन् अमिरहरू