क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य, डेब्यू खेलमा हेमन्तले लिए तीन विकेट

<span class='c1'>क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य,</span> <span class='c2'>डेब्यू खेलमा हेमन्तले लिए तीन विकेट</span>

काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला अन्तर्गत अन्तिम खेलमा नेपालले जितका लागि २३३ रनको लक्ष्य पाएको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो ।
उसका लागि नभनीत धलिवालले सर्वाधिक ५० रन बनाए ।

त्यस्तै, श्रीमन्था विजयरत्नले २२, श्रेयस मोभाले २९ र निखिल दत्तले ४५ रनको योगदान दिए ।
नेपालका लागि हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिए ।
क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितिसकेको नेपालले सिरिजमा क्लिस्विप गर्ने लक्ष्यसहित केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्