विराटनगर । विराटनगर –३ मा प्रेसर कुकर जस्तो शंकास्पद बस्तु फेला परेको छ ।
प्रेसर कुकरलाई कालोटेपले बेरिएको छ । शंकास्पद वस्तु फेला परेलगतै जिल्ला प्रहरी कार्यालय मोरङका टोलीले उक्त क्षेत्रमा घेरा हालिसकेको स्थानीयले जनाएको छ ।
शंकास्पद वस्तुको पहिचान र निस्क्रिय पार्नका लागि नेपाली सेनालाई खबर गरिसकेको प्रहरीले जनाएको छ । सेनाको टोली पुगेपछि मात्रै शंकास्पद वस्तु के हो? भनी पहिचान हुने अनुसन्धानमा खटिएको एक प्रहरीले बताए ।
उनको अनुसार तर्साउने उदेश्यले पनि शंकास्पद वस्तु राखिएको हुनसक्ने अनुमान छ ।