विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ

<span class='c1'>विराटनगरबाट लागुऔषधसहित एक</span> <span class='c2'>युवक पक्राउ</span>

मोरङ, भाद्र २७

मोरङको विराटनगर-२१ बाट आइतबार लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला उदयपुर त्रियुगा-२ बस्ने १७ बर्षिय शुसिल विश्वकर्मा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा साँझ ६ बजेतिर भन्सार कार्यालयको २ नम्बर ढाट नजिकैबाट पक्राउ गरेको हो।

भारतीय बजार जोगवनिबाट बिराटनगरतर्फ पैदल आउदै गरेका उनको साथबाट प्रहरीले शरिरको बिभिन्न भागमा लुकाई ल्याएको लागुऔषध डाईजोल्याव १७ एम्पुल, फेनारगन २० एम्पुल, र लुपिजेसिक २० एम्पुल बरामद गरेको छ। लागुऔषधसहित पक्राउ परेका विश्वकर्मालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्