गोल्स फाउडेण्सनले अन्तर्राष्ट्रिय नारी दिवसमा विविध कार्यक्रम गर्ने

<span class='c1'>गोल्स फाउडेण्सनले अन्तर्राष्ट्रिय नारी</span> <span class='c2'>दिवसमा विविध कार्यक्रम गर्ने</span>

विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गोल्स फाउडेण्सनले विभिन्न कार्यक्रम गरि मनाउने भएको छ।

फाउडेण्सनले फागुन २५ गते अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको हो।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

मार्च १ तारिखकामा अनलाइन वेबिनार कार्यक्रम गर्ने भएको छ। जसमा महिला सशक्तीकरण,महिला हक अधिकार,उपलब्धि लगायतका विषयमा हुने अन्तरक्रियामा सन् २०१०को मिस नेपाल सदिक्षा श्रेष्ठको समेत सहभागिता रहने आयोजकले जनाएको छ। त्यसैगरी मार्च २ तारिखका देखि ५ तारिखकासम्म मोरङ र सुनसरी जिल्लाका विवाहीत महिलाहरुकोलाई वक्तृत्वकला प्रतियोगिता कार्यकम आयोजन गरिने र त्यसको फाइनल मार्च ८ तारिखका दिन विराटनगरमा हुने गोल्स फाउडेण्सनकी अध्यक्ष पुजा विश्वासले जानकारी दिईन।

मार्च ७ गते महिला सशक्तीकरण सम्बन्धि भिडियो प्रतियोगिता, वृत्तचित्र र चलचित्र प्रदर्शन हुने छ। भने मार्च ८ तारिखका दिन बिहान र्र्याली निकालिने,महिला सशक्तीकरण र लैंगिक समानतालाई अगाडि बढाउन रणनीतिक छलफल गर्दै कार्यक्रम सम्पन्न गरिने कार्यक्रम संयोजक इच्छा खतिवडाले बताइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्