पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

<span class='c1'>पहिरोका कारण मेची</span> <span class='c2'>राजमार्ग अवरुद्ध</span>

विराटनगर, भाद्र २८

आइतबारदेखि परेको अविरल वर्षासंगै ताप्लेजुङमा पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको जानकारी प्राप्त भएको छ। पहिरोका कारण विभिन्न जिल्लाहरुमा घर पुरिनुकासाथै परिवारहरुको विस्थापित भएको जानकारी समेत प्राप्त भएको छ।

ताप्लेजुङ्गः ताप्लेजुङ नगरपालिका-८ अँधेरी र नाङखोल्याङ-३ सेसम्बु भन्ने स्थानमा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध भएको छ। उक्त स्थानमा सोमबार विहान ८ बजेबाट माथीबाट खसेको पहिरोले सडक थुनिएपछि बाटो अवरुद्ध भएको हो स्थानीय प्रहरी चौकी मेवाखा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले स्काईभेटरको सहयोगमा सोमबार अबेरसम्म पहिरो पन्छ्याउने प्रयास गरिएतापनि बाटो खुलाउन नसकिएकोले पुनः मंगलबार विहानबाट काम शुरु गरिने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

सोलुः सोलुको सल्लेरी-नेले सडक खण्ड अन्तरगत दुधकुण्ड नगरपालिका ७ स्थित नागिम तथा सोलु-ओखलढुगा सडक खण्डमा पर्न तिङला-८ फोरेनी भन्ने स्थानमा सोमबार विहान पहिरो खस्दा बाटो अवरुद्ध भएकोमा अपरान्ह २ बजे प्रहरी सकृयतामा पहिरो हटाई बाटो सुचारु गरिएको छ।

त्यस्तै सोलुको कांकु गाविस ६ बस्ने धनलक्ष्मी राईको ढुङ्गा माटोले बनेको २ तले घर मुनिबाट पहिरो जाँदा उनको घर बगाई लगेको जानकारी प्राप्त भएको छ। पहिरोले राईको घरसहित सबै सामानहरु बगाउँदा अन्दाजी ८ लाख बराबरको क्षति भएको अनुसमान गरिएको छ।

त्यस्तै वासा गाविस ५ बस्ने तिन बहादुर विश्वकर्माको टिनले बनेको दुई तले घर पहिरोका कारण चर्केर बस्न नहुने भएको छ। पहिरोले घरमा क्षती पुगेपछि उनका चार जनाको परिवार विस्थापित भएका छन्। पहिरोले करिब १० लाख बराबरको क्षति भएको बताइएको छ।

त्यसैगरी सोलु दुधकुण्ड नगरपालिका ९ नागिम स्थित ३७ घर पहिरोका कारण जोखिममा परेका छन। घरमाथीबाट पहिरो खस्न थालेपछि उक्त स्थानमा बसोबास गर्ने २५० जनालाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले स्थानीय सेकार सिंह प्राविमा स्थानान्तरण गरेका छन्। पहिरोले दुधकुण्ड नगरपालिका ८ साल्मे स्थित सोलु- ओखलडुगा सडक खण्डको तालपट्टिमा स्थानीयको ५ वटा खच्चड पहिरोले बगाई बेपत्ता भएको जानकारी प्राप्त भएको छ।

ओखलढुङा ; पहिरोका कारण श्रीचौर गाविस ६ स्थित प्रहरी चौकी श्रीचौर जोखिममा परेको छ। तीन दिन देखि परेको वर्षासंगै उक्त स्थानमा पहिरो खस्न थालेपछी उक्त चौकीमा कार्यरत प्रहरी केही पर सुरक्षित स्थानमा गई बसेका छन्।

धनकुटाः धनकुटा नगरपालिका ७ स्थित सितलपाटी बस्ने बम बहादुर राईको टाटी बेराले बनेको एक तले घर सोमबार विहान पहिरो खसेर पुरिएको जानकारी प्राप्त भएको छ। घटनास्थलमा स्थानीय प्रहरी र नेपाली सेनाको टोली खटिगई उद्दार गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्