विराटनगर । राष्ट्रिय टी–२० प्रतियोगीताको प्रत्यक्ष प्रशारण मकालु टेलिभिजनले गर्ने भएको छ ।
मोरङ क्रिकेट संघ र क्रिकेट एसोसियसन नेपालले फागुन २२ गतेदेखी चैत ३ गते सम्म हुने टीराष्ट्रिय टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगीताको आज एक पत्रकार सम्मेलन गरी “ ब्रोडकास्टिङ पार्टनर “ का रुपमा मकालु टेलिभिजनले रहेको जानकारी गराइएको छ ।
राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगीता पुर्वी नेपालमा नै पहिलो पटक विराटनगरमा आयोजना हुन गईरहेको हो । प्रतियोगितामा राष्ट्रिय खेलाडी सम्मिलित विभागीय र प्रदेशस्तरीय गरेर १० वटा टिमको सहभागिता रहने छ।
समूह ‘क’मा त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, कोशी, मधेस र कर्णाली प्रदेश तथा समूह ‘ख’मा नेपाल पुलिससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमलाई समेटिएको छ । दैनिक २ वटा खेलहरु हुने छन्। पहिलो खेल बिहान १० र दोस्रो दिउँसो २ बजेबाट हुनेछ। विजेता टिमले ट्रफीसहित ५ लाख नगद पुरस्कार पाउने छन् ।
उद्घाटन खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।