एमाले निकट किसान संघ मोरङ्गमा विवाद

<span class='c1'>एमाले निकट किसान</span> <span class='c2'>संघ मोरङ्गमा विवाद</span>

प्रेम देवान
विराटनगर, २९ भदौ
नेकपा एमाले निकट युवा किसान संघ मोरङमा विवाद चुलिएको छ । बुधबार एक पक्षीय नेता कार्यकर्ताका साथ युवा किसान संघका मोरङ संयोजक प्रेमराज भारती लगायतले अन्तरक्रिया कार्यक्रम गरिरहँदा अर्का युवा पर्वतराज निरौलाले आफू आधिकारिक युवा किसान संघको संयोजक भएको दाबी गर्दै पत्रकार सम्मेलन गरेररै भन्डाफोर गर्ने चेतावनी दिएको छ।

एमाले पाटी कार्यलयमा बुधबार अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गरीएको छ। गुटबन्दीको भेलामा माधव नेपाल आएको भन्दै पत्रकार सम्मेलन गर्ने निरौलाको टोलीले भारती लगायतको समिति अवैधानिक भएको भन्दै उक्त पक्षको भन्डाफोर गर्ने अडान लिएको छ ।

मोरङका एमाले अध्यक्ष महेश रेग्मी नेपाल–खनाल पक्षीय हुन् । उनैका निकट मानिएका भारतीलाई अध्यक्ष महेश रेग्मीले विधान विपरीत संयोजक तोकेको भन्दै पार्टी अध्यक्ष केपी ओली पक्षीय विनोद ढकालका निकट निरौलाले बुधबार पत्रकार सम्मेलन उनीहरुको खण्डन गरेका हुन् । उनले आफूलाई किसान संघको गठन कै बेलामा संयोजक बनाएको दाबी गर्दै आफूलाई कुनै जानकारी नदिई युवा किसान संघले अर्का कमिटि बनाएको दाबी गरेका छन् । अब उनीहरुले ‘गल्ती नसच्याए हामी अर्को समानान्तर कमिटि निर्माण गछौं,’ पत्रकार सम्मेलनमा निरौलाले भने, ‘पार्टी अध्यक्षले तपाईहरुको मिडीया मार्फत गल्ती सच्याउनु पर्छ ।’

यता, भारतीले भने विधान अनुसार आफैं आधिकारिक संयोजक भएको बताएका छन् । ‘तत्कालिन अवस्थामा ६ महिना समायावधिभित्र जिल्लाको अधिवेशन गर्ने शर्तमा निरौला संयोजक भएका हुन्,’ भारतीले भने, ‘६ महिनामा अधिवेशन नगरे स्वतः कमिटि विघटन हुने विधानमा व्यवस्था भएअनुसार हामीले अर्को कमिटी गठन गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्