इन्ट्रान्सको पुुरानै नियम कायम गर्न जोड

<span class='c1'>इन्ट्रान्सको पुुरानै नियम</span> <span class='c2'>कायम गर्न जोड</span>

बिनु तिम्सिना
विराटनगर, २९ भदौ
पूर्वाञ्चल विश्वविद्यालयले आंगिक एवं सम्बन्धत प्राप्त कलेजका लागि नयाँ इन्ट्रान्स नियम ल्याएको विरोधमा मोरङका विभिन्न ६ विद्यार्थी संगठनले आन्दोलनको चेतावनी दिएका छन् ।
गुणस्तर भन्दा संख्या बढाइ सिट खाली नजाने योजना ल्याइ आर्थिक चलखेल गरेर ल्याएको उक्त इन्ट्रान्सको नियमले पूर्वाञ्चल विश्वविद्यालयलाई धरासायी बनाउँदै लैजाने ति विद्यार्थी संगठनको आरोप छ । बुधबार इन्ट्रान्सको पुरानै नियम भित्र रही इन्ट्रान्सको रि–इभालुसन हुनुपर्ने वा रि–इन्ट्रान्स हुनुपर्ने माग उठाएका छन् । आफ्ना विभिन्न १० बुँदे माग पुरा नगरे सशक्त आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।
मागहरुमा इन्ट्रान्सको नयाँ मार्किङ क्राइटएरियाको निर्णय फिर्ता हुनुपर्ने, नर्सिङ पास आउट विद्यार्थीहरुको रजिस्ट्रेसन अबिलम्ब गरिनुपर्ने, काउन्सीलको निर्वाचनको मिति र प्रक्रिया निर्धारण गर्नुपर्ने, शैक्षिक क्यालेण्डर लागू गर्नुपर्ने, सेवा आयोगलाई निस्क्रिय बनाइ कर्मचारी, प्राध्यापकको अभाव देखाउने कार्य बन्द गरिनुपर्ने, पूर्वाञ्चल विश्वविद्यालय मातहतको सम्पूर्ण विद्यार्थीको छात्रवृत्तीको विवरण पारदर्शी हुनुपर्ने, एउटै हाता भित्र फरक फरक विश्वविद्यालयसँग सम्बन्धन लिई कार्यक्रम संचालन गर्न रोक लगाउनुपर्ने, विद्यार्थीसँग यसअघि भएका सबै सहमति लागू गर्नुपर्ने लगायत छन्। माग गर्ने विद्यार्थी संगठनहरुमा मधेशी विद्यार्थी फोरम (लोकतान्त्रिक), अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियन, तराई मधेश विद्यार्थी फ्रन्ट, विद्यार्थी मञ्च तथा समाजवादी विद्यार्थी फोरम नेपाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्