“स्थानिय निकायको पुनरसंरचना काही नभएको जात्रा हाँडी गाउँमा” – माधमकुमार नेपाल

<span class='c1'>“स्थानिय निकायको पुनरसंरचना काही नभएको जात्रा</span> <span class='c2'>हाँडी गाउँमा” – माधमकुमार नेपाल</span>

बिनु तिम्सिना

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधमकुमार नेपालले स्थानिय निकायको पुनरसंरचना काही नभएको जात्रा हाँडी गाउँमा भएको टिप्पणी गर्नुभएको छ ।
प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो टिप्पणी गर्नुभएको हो । पुनःसंरचनाको विषयमा आक्रामक रुपमा प्रस्तुत हुनुभएका उहाले स्थानिय निकाय यही रुपमा पुनःसंरचना भए नयाँ द्वन्द्व निम्तीने खतरा रहेको औल्याउनुभयो ।

विश्वका धेरै मुलुकहरुको अवलोकन गरेको चर्चा गर्दै उहाले ब्युरोक्रयाट्सले नेपालललाई विगार्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । नेकपा एमालेले अहिलेको स्थानिय निकाय पुनःसंरचना आयोगको समर्थन गरिरहेको बेला नेता नेपालको भने भिन्दै टिप्पणी आएको छ । स्थानिय तह ५ सय ६५ बटा बनाउने घोषणा आयोगले गरेको छ । यो घोषणा नेपालको सन्दर्भमा गलत भएको तर्क गर्दै उहाले राजनितिक सहमतिका आधारमा निकायहरु बढाउनुपर्ने धारणा राख्नुभयो । उहाले पश्चीमा देशको इशारामा नेपालको पुनःसंरचना गरिन लागेको आरोप समेत लगाउनुभयो ।

जम्बो सङख्यामा बनाउन लागिएको गाउँपालिकामा जनताले सेवा पाउने भन्दा पनि सास्ती पाउँने भन्दै नेता नेपालले गाउँपालिकाको नाममा जिल्लालाई कमजोर बनाउने खेल भइरहेको बताउँदै आफुलाई त्यो मान्य नहुने नहुने बताउनुभयो । उँहाले नेपालमा एकल निर्णय चल्ने सरकार चाहिएको समेत टिप्पणी गर्नुभयो । धेरै दलहरुको सहभागिता हुने चुनाव र त्यसले बन्ने सरकारमा अस्थिर भएकाले एकल निर्णयले चल्ने सरकार आवश्यक रहेको उहाको तर्क छ । पत्रकारहरुले नेपालमा के उदार तानाशाह चाहिएको हो ? भनेर थप जिज्ञाशा राख्दा उहाँले आफु यसको विवादमा नफस्ने भनेर उत्तर दिनुभयो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण नेपाली स्वाभिमानमा आँच नआउँने गरी हुनुपर्नेमा समेत उहाले जोड दिनुभयो । नेता नेपालले केही मन्त्रीहरु गलत ढंगले सम्झौता गर्न लागिरहेको प्रसङग कोट्याउँदै त्यसबाट जोगिनुपर्ने धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्