एसियाली ¥याफ्टिङ च्याम्पियनसिपमा नेपाललाई रजत

<span class='c1'>एसियाली ¥याफ्टिङ च्याम्पियनसिपमा</span> <span class='c2'>नेपाललाई रजत</span>

काठमाडौं । नेपालले एसियाली ¥याफ्टिङ च्याम्पियनसिपमा रजत जितेको छ ।

डाउन रिभर, स्लालम र हेड टु हेड गरी ३ विधा समावेश प्रतियोगितामा नेपाल समग्रमा दोश्रो भएको नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् ।

नेपाल हेड टु हेडमा १ सय २०, स्लालममा ८० र डाउन रिभरमा ६० गरी जम्मा २ सय ६० अंक जोड्दै दोश्रो भयो । नेपाल डाउन रिभरमा चौथो, स्लालममा दोश्रो र हेड टु हेडमा पहिलो भएको थियो । नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर रहेका छन् ।

भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगितामा भारत बेल्गाउँ २ सय ७० अंकसाथ पहिलो तथा भारत राइभोला २ सय ४८ अंकसाथ तेश्रो स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्