चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वल्र्ड २०२४’को उपाधि

<span class='c1'>चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस</span> <span class='c2'>वल्र्ड २०२४’को उपाधि</span>

काठमाडौं । ७१ औं संस्करणको ‘मिस वल्र्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् ।

शनिबार साँझ भारतको मुम्बईस्थित जियो वल्र्ड कन्वेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि जितेकी हुन् ।

क्रिस्टिनालाई ‘मिस वल्र्ड २०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइदिइन् । प्रतियोगितामा लेबनानकी यास्मिना फस्ट रनअप भइन् ।
प्रतियोगिताको उत्कृष्ट चारमा मिस त्रिनिदाद एण्ड टोबैगो, मिस बोत्सवाना, मिस चेक रिपब्लिक र मिस लेबनान पुगेका थिए ।
यसपटकको प्रतियोगितामा १२ निर्णायक थिए । भारतमा २८ वर्षपछि यो प्रतियोगिता भएको हो ।

प्रतियोगिताको होस्ट करण जोहर र फिलिपिन्सकी मिस वल्र्ड २०१३ मेगन यङ थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्