नेपालमा उत्पादित अदुवा, बेसार लगायतका कृषिजन्य वस्तु कोरिया निर्यात हुने

<span class='c1'>नेपालमा उत्पादित अदुवा, बेसार लगायतका</span> <span class='c2'>कृषिजन्य वस्तु कोरिया निर्यात हुने</span>

काठमाडौं । गैर आवासीय नेपाली संघ, शेष घले समूहका अध्यक्ष विनोद कुँवरले दक्षिण कोरियाका किसानले उत्पादन गरेका कृषि सामग्रीहरु नेपालमा बिक्रि वितरणका लागि नेपालमा कोरिया–नेपाल बिजनेश कोलाबरेशन सुरु गरेका छन् ।

कोरिया–नेपाल बिजनेश कोलाबरेशन अन्तर्गत नेपालमा उत्पादित अदुवा, बेसार लगायतका कृषिजन्य वस्तुको कोरिया निर्यात गरिने छ ।

कोरियाको सरकारी कृषि बैंक अन्तर्गत संचालित किम्जे कृषि सहकारी संस्था र नेपालको विजे इनटरनेशनल प्रालिबीच कोरियन कृषि सामाग्री विक्रि वितरण गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ । किम्जे कृषि सहकारी संस्थाका अध्यक्ष लि जङ योङ र विजे इन्टरनेशनल प्रालिका तर्फबाट विनोद कुँवरले ललितपुरमा आयोजित एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।

कोरियामा रहेका कृषकहरुले उत्पादन गरेको चामल, बेसारबाट बनेको मादक पदार्थ तथा अन्य उत्पादनहरु नेपालमा बिक्रि वितरणका साथै नेपालमा समेत कोरियन प्रविधिबाट उत्पादन गर्नका लागि सहयोग गर्ने गरी सम्झौता गरिएको कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्