चितवनमा सवारी दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

<span class='c1'>चितवनमा सवारी दुर्घटना हुँदा</span> <span class='c2'>भारतीय नागरिकको मृत्यु</span>

चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

नारायणगढ-मुग्लिन सडकको जलबिरेमा गएराति पौने तीन बजे तिर बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रौतहटबाट गौर जाँदै गरेका भारतको मोतिहारीका ३५ वर्षीय गौरी दासको मृत्यु भएको हो । उनी ग १ ख ८५२४ नम्बरको बसमा सवारी थिए । सो बसले इच्छाकामना गाउँपालिका-६ मा पर्ने जलबिरेमा सडक किनारमा रोकि राखेको ना ६ ख ३५८० नम्बरको ट्रकmसँग जुधेको थियो ।

दुर्घटनापछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा दासको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्