शिक्षादीप कलेजद्वारा अग्नि पिडित विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

<span class='c1'>शिक्षादीप कलेजद्वारा अग्नि पिडित विद्यार्थीहरुलाई</span> <span class='c2'> शैक्षिक सामग्री  वितरण</span>

विराटनगर । शिक्षादीपकलेज विराटनगरले रंगेली–३ बाबुसाहेब टोलमाभएको आगलागीबाट पीडित भएका विद्यार्थीहरुलाई राहत स्वरुप शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ ।

सोमबार शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का  र व्यवस्थापन संकायका संयोजक शंकर भट्टराईले पीडितहरु बसेकै ठाउँमा पुगी विद्यार्थीहरुको पढाइमा सहयोग गर्नका लागि उक्त राहत सामग्री वितरण गर्नुभएको हो ।


प्रत्येक विद्यार्थीलाई एउटा झोला, केहीकापी, कलम, एक सेट सर्ट–पेन्ट र भेष्ट–पेन्ट वितरण गरिएको थियो । शैक्षिक सामग्री र पोशाक ३१ जना विद्यार्थीहरुलाई वितरण गरिएको कलेजका निर्देशक भूपेन्द्र दाहालले जानकारी दिनुभयो ।कलेजले समाज प्रतिको उत्तरदायित्व पनि बहन गर्नुपर्छ भन्ने भावना राखेर यसरी विपतमा परेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको प्रिन्सिपल खड्काले बताउनु भयो । किताब कापी जलेर नष्ट भएर पढाइको मेसो हराइरहेको अवस्थामा पाएको सामाग्रीले पढाइमा ठूलो सहयोग पुग्ने पीडित विद्यार्थीहरुले बताएका छन् ।
शनिवार दिउँसो विद्युतीय तारबाट फैलिएको आगोले बाबुसाहेब टोलका २० घर जलेर नष्ट हुँदा २८ परिवारका एक सय १८ जना विस्थापितभएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्