नमिता न्यौपानेको संयोजकत्वमा माअ‍ेवादी केन्द्र नगर कमिटी गठन

<span class='c1'>नमिता न्यौपानेको संयोजकत्वमा माअ‍ेवादी</span> <span class='c2'>केन्द्र नगर कमिटी गठन</span>

बिराटनगर असोज ६ . विराटनगरमा सम्पन्न नेकपा माअ‍ेवादी केन्द्र विराटनगर नगर समितिको एकता भेलाले नमिता न्यौपानेको संयोजकत्वमा नगर कमिटी गठन गरेको छ । संघिय मामिला तथा स्थानिय विकाश मन्त्री हितराज पाण्डेको प्रमुख आतिथ्यमा आज विराटनगरमा भएको भेलाले २ सय ९९ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

एकता भेलालाई संवोधन गर्दै संघिय मामिला तथा स्थानिय विकाश मन्त्री हितराज पाण्डेले स्थानीय निकायको निर्वाचन समयमै हुने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो । संविधान कार्यान्वयनका लागि भए पनि सरकार तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन गराउन प्रतिबद्ध रहेको उहाले स्पष्ट पार्नुभयो ।

पार्टी एकता अभियान मुलुकको विभिन्न ठाउँमा जारी रहेको बताउँदै उहाले संगठनलाई अझ मजबुत बनाउन सबैले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय सावित्री काफ्ले र भोगेन्द्र यादवलगायतले पार्टी एकता अभियानको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्