बेलबारीमा बोराबाँध कप फुटबल प्रतियोगिता हुने

<span class='c1'>बेलबारीमा बोराबाँध कप</span> <span class='c2'>फुटबल प्रतियोगिता हुने</span>

बेलबारी । बेलबारी नगरपालिका स्थित कसेनीमा पहिलो पटक ठुलो धनराशिको फुटबल प्रतियोगिता हुने भएको छ ।
यही असोज १० गते देखी १८ गते सम्म पुर्वाञ्चल स्तरीय बोराबाँध कप नकआउट फुटबल प्रतियोगिता हुने भएको आयोजकले बेलबारीमा पत्रकार सम्मेलन गरी जनाएको छ । सो फुटबल प्रतियोगितामा ८ वटा फुटबल क्लबले सहभागिता जनाउने छन । ३ लाख भन्दा बढि खर्च हुने प्रतियोगीतामा होराईजन क्लब धरान सुनसरी, पथरी स्पोटिङ कल्ब पथरी मोरङ , सल्ल युथ क्लब लेटाङ मोरङ,बेलबारी फुटबल क्लब बेलबारी मोरङ, नब प्रगतीशिल समाज सेवा क्लब जदाहा मोरङ, एकता युवा क्लब बिराटचोक मोरङ, डाँगीहाट यूथ क्लब लक्ष्मीमार्ग मोरङ, बोराबाँध फुटवल क्लब बिच प्रतिष्पर्धा हुने आयोजक बोराबाँध फुटबल कल्बले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले प्रथम हुनेलाई ५० हजार नगद,ट्रफी र मेडल तथा प्रमाण पत्र, ,दोस्रो हुनेलाई ३० हजार नगद,ट्रफी र मेडल तथा प्रमाण पत्र प्रदान गरिने क्लबका खेल संयोजक ओमी राईले बताए । प्रतियोगीतामा म्यान अफ द म्याच,हाई स्कोरर बेस्ट प्लेयरलाई समेत सम्मान गरीने आयोजक समितिका मिलन राईले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्