विराटनगर । संयुक्त राष्ट्र संघको कार्यप्रणालीका बारेमा युवाहरुलाई जानकारी दिदै कोशी प्रदेशमा नमूना संयुक्त राष्ट्रिय संघको तेस्रो सम्मेलन सम्पन्न भएको छ।
कार्यक्रम वैचारिक युवा समाज र अमेरिकी दुतावासको आयोजनामा कोशी प्रदेशका विभिन्न जिल्ला तथा भागका विद्यार्थी र युवाहरुको सहभागीतामा सम्मेलन सम्पन्न भएको हो।
कार्यक्रममा संयुक्त राष्ट्र संघको कार्यप्रणाली र विश्वव्यापी मुद्दा तथा घटनाहरुको बारेमा छलफल गर्दै सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक फोरमको रुपमा अगाडि बढाइएको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रदेश प्रमुख , अधिवक्ता मञ्चबाट रुक्मिना दाहाल, पुर्वाञ्चल विश्वविद्यालयका डीन डा. संदेश दास श्रेष्ठ, अमेरिकन कर्नर कार्यक्रमको संयोजक अशु चौहान, UNWOMEN का विज्ञ नेपाल एनजीओ महा संघका सचिव सरिता खनाल र IOM का लागि विशेषज्ञ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा समाजशास्त्र विभाग प्रमखु डा.चन्द्र उपाध्याय,विकल्प–अल्टरनेटिभ, संस्थापक बसन्त अधिकारी लगायतको उपस्थिति रहेको थियो।
१८ देखि ३० वर्ष उमेर समूहका ४४ जना युवाहरुको सहभागीतामा उक्त सम्मेलन दुई भिन्न अन्तराष्ट्रिय समस्यालाई सम्बोधन गर्दै त्यसमा बहस गरिएको आयोजकले जनाएको छ।
युवा विद्यार्थीहरुमा अनुसन्धान, नेतृत्व विकास, कूटनीतिक बहस, लेखन र विशेष गरी बौद्धिक विश्लेषण जस्ता सीप वृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । यसले युवा तथा विद्यार्थीहरुलाई विश्व सचेत नागरिक बन्न सहयोग पुगेको विश्वास आयोजकले लिएको छ ।
नेपालमा पहिलो पटक सन् २०१४ मा वैचारिक युवा समाजले विश्वविद्यालयस्तरको अन्तर्राष्ट्रिय मोडल संयुक्त राष्ट्र संघ एभरेष्ट इन्टरनेशनल मोडल युनाइटेड नेसन्सबाट यात्रा आरम्भ गरेको जनाइएको छ । सन् २०१६ देखि संस्थाले नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।