आईपिएल : चेन्नाईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित

<span class='c1'>आईपिएल : चेन्नाईको लगातार दोस्रो</span> <span class='c2'>जित, गुजरात ६३ रनले पराजित</span>

काठमाडौं । साविक विजेता चेन्नाई सुपर किंग्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

बुधबार भएको खेलमा गुजरात टाईटन्सलाई ६३ रनले पराजित गर्दै चेन्नाईले दोस्रो जित निकालेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । गुजरातका लागि साई सुदर्शनकक ३७ रन नै सर्वाधिक स्कोर रहन पुग्यो ।

यस्तै रिद्धिमान शाह र डेभिड मिलरले समान २१ रन बनाए । चेन्नाईका लागि मुस्तफिजुर रहमान, तुशान देशपाण्डे र दीपक चहरले समान २–२ तथा ड्यारेल मिचेल र म पाथीरानाले समान १–१ विकेट लिए । त्यसअघि चेपकमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन जोड्यो । चेन्नाईका लागि शिभम दुबेले २३ बलमा ५१ रनको सानदार इनिङ खेले ।

रचिन रवीन्द्रले २० बलमा ४६ रनको विष्फोटक इनिङ खेले । यस्तै कप्तान रुतुराज गाइक्वाडले ३६ बल खेलेर ४६ रन नै बनाए ।
गुजरातका लागि राशिद खानले २ तथा साई किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले समान १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्