नेपाल पत्रकार महासंघको स्थापना दिवसमा मोरङमा प्रभातफेरी

<span class='c1'>नेपाल पत्रकार महासंघको स्थापना</span> <span class='c2'>दिवसमा मोरङमा प्रभातफेरी</span>

विराटनगर । नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवसको उपलक्ष्यमा मोरङ शाखाले आज यहाँ प्रभातफेरी, कोण सभा लगायतको कार्यक्रमको आयोजना मनाएको छ ।

महासंघ मोरङ शाखाको कार्यालय कलेज रोडबाट निस्किएको प्रभातफेरीले महेन्द्र चोक, भट्टीमोड, शनिमन्दिर रोड, जलजला चोक, बुधहाट चोक, ट्राफिक चोक हुँदै पुनः कार्यालयमा पुगी कोण सभामा परिणत भएको थियो । प्रभातफेरीमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, विभिन्न गैर सरकारी संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, विभिन्न पत्रकार संघसंगठनकाका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कोण सभामा महानगर प्रमुख कोइरालाले सञ्चारकर्मीहरुले सत्यतथ्यको आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गर्दै समाजमा पछाडि परेका जनताका समस्यालाई प्रमुखता दिन आग्रह गर्नु भयो ।

उहाँले महानगरको काम कारवाहीकोप्रति समाचारमा आउने स्वस्थ आलोचनाको स्वागत गर्दै सञ्चारकर्मीहरुको वृत्ति विकासमा महानगरको सदैव साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त्त गर्नु भयो । महासंघका मोरङका कार्यवाहक सभापति तारा आचार्य, सचिव नेत्र पि अधिकारी, पूर्वसभापतिद्वय यज्ञ शर्मा र बन्धु पोखरेलले सञ्चारकर्मीहरुले पूर्वाग्रहरहित भएर समाचार सम्प्रेषण गर्नका साथै प्रविधिको प्रयोगमा गर्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्