बरगाछीले जित्यो इन्डोर क्रिकेट प्रतियोगिता

<span class='c1'>बरगाछीले जित्यो इन्डोर</span> <span class='c2'>क्रिकेट प्रतियोगिता</span>

बिराटनगर असोज १० , बिराटनगरमा लायन्स क्लब अफ विराटनगर मिडटाउनले आयोजना गरेको अन्तर क्लबस्तरीय इन्डोर क्रिकेट प्रतियोगितामा लायन्स क्लब अफ बरगाछीले जित हासिल गरेको छ । टस जितेर ब्याटिङ रोजेको बरगाछीले निर्धारित ६ ओवरमा ३५ रन बटेलेको थियो , यता लायन्स क्लब अफ सिल्भर भने ३० रनमा सिमित भएको थियो । उक्त प्रतियोगितामा कुल ८ टिम सहभागी रहेका थिए । प्रतियोगितामा उत्कृष्ट बलर शैलेश सेठिया , उत्कृष्ट ब्याट्सम्यान चाँदबाबु इराकी घोषित भए भने हाईएस्ट स्कोरर मुकुन्द यादव घोषित भए । क्लबहरु बिच आपसी भाईचाराको सम्बन्ध स्थापित होस भनेर प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका छन् । प्रतियोगिताका सबै  खेलहरु हिट एण्ड ह्याङआउट फुटसलको मैदानमा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्