बिराटनगर असोज १० , बिराटनगर १५ स्थित केशलिया रोडमा आइतबार बिहान १० बजे शिशुको शव नालामा बगेर आएको अवस्था फेला परेको स्थानीयले बताएका छन् ।शिशुलाई अवैध गर्भपतनबाट फालिएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । यस अघि पनि बिराटनगरका विभिन्न ठाउँमा अवजात शिशुको शव बेलाबेला फेला पर्ने गरेको छ ।