५७ वटा विद्यालयलाई कारवाही गर्ने

५७ वटा  विद्यालयलाई कारवाही गर्ने

विराटनगर १४ असार । जिल्ला शिक्षा कार्यालय मोरङले अनुमति एंव भौतिक पूर्वाधार पूरा नगरी सञ्चालनमा रहेका ५७ वटा नीजि बिद्यालयलाइ कारबाही गरेको छ भने ६ वटालाइ बन्द गर्ने निर्णय गरेको छ । नीजि विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले शिक्षा ऐन नियम वमोजिम कारवाही गरेको हो । जिल्ला शिक्षा कार्यालय सँग हाल सम्म ३२२ वटा विद्यालयले अनुमती लिएका छन् । जस मध्ये ८० वटा विद्यालयमा छानविन गर्दा ५७ वटा कारवहीमा परेका छन् । जिल्ला शिक्षा कार्यालयले ज्ञानोदय इ.बो स्कुल बाहुनी , सुनगाभा उ.मा.वि जाँते, चन्द्र मेमोरीयल भौडाहा, ग्रीनल्याड इ बो स्कुल मधुमल्ला, क्लासिकल इ बो मधुमल्ला, एभरग्रीन इ बो बाहुनीलाइ बन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी प्रमोदकुमार शाहले जानकारी दिनुभयो । बिना अनुमति सञ्चालित अन्य विद्यालयलाइ पनि छानबीन गरि कारवाही गरीने पूर्वाञ्चल शिक्षा क्षेत्रीय निर्देशक हिरा ढकालले बताउनु भयो । ढकालका अनुशार बिना अनुमति सञ्चालित नीजि बिद्यालय बन्द गर्दा मोरङ, सुनसरी, झापा र इलाममा गरि अहिले सम्म २२ हजार ७ सय बिद्यार्थी प्रभाबित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्