‘नबिल एसएसई’को चौथो ब्याचको तालिम सुरु

<span class='c1'>‘नबिल एसएसई’को चौथो</span> <span class='c2'>ब्याचको तालिम सुरु</span>

विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र नबिल बैकको सहकार्यमा सञ्चालित नबिल सामाजिक उद्यमशिलता 'नबिल एसएसई' तीन महिने तालिमको चौथो ब्याचको प्रशिक्षण कार्यक्रम शनिबारदेखि शुरु भएको छ।

युवाहरुलाई बैंकले सामाजिक उद्यमशीलको क्षेत्रमा अगाडि बढाउने उद्देश्यले सञ्चालित सो तालिमको उद्घाटन 'उद्योग संगठन मोरङका महानिर्देशक चुणमणि भट्टराई, क्याम्पस प्रमुख डा रामावतार शरण र नबिल बैकका प्रदेश प्रमुख दीपककुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन्।

सो अवसरमा बोल्दै महानिर्देशक भट्टराईले दैनिक हजारौको संख्यामा युवाहरु विदेश पलायन भईरहेको अवस्थामा उद्यमशिलता तालिम सञ्चालन गर्नु सराहनीय रहेको बताए । क्याम्पस प्रमुख डा शरणले नबिल बैंकले मोरङ क्याम्पसलाई नबिल एसएसई सञ्चालनका लागि छनोट गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा अझ बढी व्यवहारिक तालिम सहयोगको अपेक्षा गरेको बताए ।

प्रदेश प्रमुख श्रेष्ठले नबिल बैंकले देशका सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो तालिम सञ्चालन गरिरहेको र यसले देशम सामाजिक उद्यमशिलताको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिहेको बताए । यो तालिम २०७९ असारदेखि मोरङ क्याम्पसमा सञ्चालनमा रहेको बताए ।

कार्यक्रममा नबिल बैंक शाखा प्रमुख रेनु प्रधान, कर्जा विभागका प्रमुख किंशोर कार्की, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ महिला उद्यम समिति अध्यक्ष अम्बिका भण्डारी, पूर्व अध्यक्ष सुनिता छाराहाङ, सदस्य कविता कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेशका २५ प्रशिक्षशार्थीहरु सहभागी छन् । नबिल एसएसई कोशी प्रदेश संयोजक वेदप्रसाद संग्रौलाका अनुसार बैंकले हालसम्म तीन चरणमा गरेको तालिममा ७५ सहभागी प्रशिक्षित भएको जनाए ।

समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक, सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्