इष्टर्न कलेज अफ इन्जिनियरिङमा खेलकुद सप्ताह सम्पन्न

<span class='c1'>इष्टर्न कलेज अफ इन्जिनियरिङमा</span> <span class='c2'>खेलकुद सप्ताह सम्पन्न</span>

विराटनगर । विराटनगरमा रहेको इष्टर्न कलेज अफ इन्जिनियरिङमा खेलकुद सप्ताह सम्पन्न भएको छ।

'खेलकुद स्वास्थ्यको लागि' भन्ने नारालाई लक्षित गर्दै कलेजले संचालन गरेको खेलकुद सप्ताह २०८० आइतबार सम्पन्न भएको हो।

उक्त कार्यक्रमको प्रमुखअतिथि प्रा.ई.देवी प्रसाद भट्टराई,विशिष्ट अतिथि पूर्व एन्फा सह-सचिवका बसन्त अर्याल ,डाइरेक्टर, इष्टर्न कलेज अफ इन्जिनियरिङका प्रकाश मुन्दडा लगायतको उपस्थिती रहेको थियो।

सम्पुर्ण विद्यार्थीहरुलाई खेलकुद सप्ताह २०८० सफल बनाउनको लागि धन्यवाद दिदै आगामी दिनहरुमा समेत यस्तो किसिमको प्रतियोगिता आयोजना गर्दै जाने कलेजका प्राचार्य ई.अमित सुरानाले बताए।

खेलकुद सप्ताहमा भएको फुटबल, क्रिकेट,भलिबल, व्याट्मिटन,टेबलटेनिस,चेस लगायतका खेलमा विजेता र उपविजेता खेलाडीहरुलाई प्रमुखअतिथि र विशिष्ट अतिथिले पुरस्कार वितरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्