पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिका उम्मेदवार कोइरालाको निधन

<span class='c1'>पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिका</span> <span class='c2'>उम्मेदवार कोइरालाको निधन</span>

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका उम्मेदवार सञ्जेश कोइरालाको निधन भएको छ ।

उपचारका लागि काठमाडौँको नर्भिक अस्पतालमा भर्ना भएका ६३ वर्षीय कोइरालाको मंगलबार दिउँसो निधन भएको हो।

उच्च रक्तचाप सम्बन्धी समस्या भएपछि उपचार गराउँदै आएका कोइरालाको मिर्गौलामा समेत समस्या देखिएपछि काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा क्रममा निधन भएको जनाइएको छ ।

विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त दिएर छनौटमा परेका १७ जना दाबेदारमध्येका कोइराला पनि एक हुन् । उपकुलपति छनौट तथा सिफारिस समितिले सोमबार सूचना मार्फत उम्मेदवारहरूको प्रस्तुतिकरणको तालिका सार्वजनिक गरेको थियो ।

कोइराला यसअघि पूर्वाञ्चल विश्वविद्यालयको योजना महाशाखा प्रमुख थिए । त्यसपछि उनी चार वर्षका लागि अनुगमन तथा मूल्यांकन केन्द्रको प्रमुख नियुक्त भएका थिए । उनी सेवा आयोगको रजिष्ट्रार तथा प्राध्यापक संघको सभापति समेत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्