विराटनगर, असोज ११ , बिराटनगरका २ युवा सहित नेपालबाट १४ जना भारतको नयाँ दिल्लीमा हुने विश्व युवा सम्मेलन २०१६ मा सहभागि हुन जाने भएका छन् । बिराटनगरबाट युवा चांद इराकी र विशाखा झा नयाँ दिल्ली जाने तय भएको छ । .
उक्त युवा सम्मेलन अन्तराष्टिय युवा समितीको आयोजनामा नोभेम्बर १२ देखि १४ सम्म हुने छ । सम्मेलनमा नेपाल, जिम्बावे, , बंगलादेश, पाकिस्तान, चिन, इन्डोनेसिया लगायतका देशबाट युवाहरु सहभागिता हुने छन् ।
आवर बिराटनगर डट नेट संग कुरा गर्दै चांद इराकीले यस सम्मेलनमा बिराटनगरका युवा सामेल हुदा यसले बिराटनगरको पनि शिर ठाडो भएको बताए । सम्मेलनमा इराकी र झालाई "सन्गइ योउङ्ग लीडर" अवार्डबाट सम्मानित गरीने छ ।