क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको मोवाईल एप्स  

<span class='c1'>क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको</span> <span class='c2'>मोवाईल एप्स  </span>

विराटनगर, असोज ११

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आज “East Region Police” नामक मोवाईल एप्सको विधिवत रुपमा समुद्घाटन गरी संचालनमा ल्याएको छ।

गत साउन महिनाबाट परिक्षणको रुपमा संचालनमा ल्याइएको सो मोवाईल एप्सको आज क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केशरी राज घमिरेले एक कार्यक्रमका विच समुद्घाटन गर्नु भएको हो।

समुद्घाटनग कार्यक्रममा बोल्नु हुँदै प्रनामनि घिमिरेले आजको यस बैज्ञानिक युगमा प्रविधिको सहयोग विना प्रहरीलाई कुनै पनि सुचना पाउन सम्भव नरहेकोले नागरिक-प्रहरी सहकार्य तथा सेवाग्राहीलाई प्रहरी सम्बन्धि सुचना एवं जानकारी छिटो छरितो तवरबाट उपलब्ध होस् भनि उक्त मोवाईल एप्स संचालनमा ल्याइएको बताउनु भयो।

East Region Police एप्समा फ्रि-एसएमएस सेवा, ट्राफिक प्रहरी गतिविधी, लाईभ च्याट, जनगुनासो, मुख्य तथा ताजा समाचारहरु हेर्न सकिने व्यवस्था गरिएको छ भने प्रहरी कार्यालयहरु रहेको स्थानका बारेमा समेत जानकारी लिन सकिनेछ।

बिजी इनफोसिसले निर्माण गरेको सो मोवाईल एप्स एनड्रोइड, आएओएस, ब्लाकबेरी तथा विण्डोज भर्सनका स्मार्ट फोन प्रयोगकर्ताहरुले प्ले स्टोरमा गई वा क्षेत्रीय प्रहरी कार्यालयको वेभसाईटमार्फत डाउनलोड गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्