दरैयामा ३१ पिन्ट रगत संकलन

<span class='c1'>दरैयामा ३१ पिन्ट</span> <span class='c2'>रगत संकलन</span>

प्रेम देवान
विराटनगर १२ असोज ।

रत्तदान जीवन दान भन्ने नारालाई समेटेर सयुक्त टोल संगठन समिती विराटनगर २० र वडा नागरीक मंचको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
विराटनगर २० दरैया बस्ती स्थित आर्य टोलमा बुधबार आयोजना गरीएको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरीएको रक्तदान कार्यक्रम संयोजक विनोद बर्माले जानकारी दिए ।
नेपाल र भारतको सिमानामा जोडीएकाले यो बस्तीका मधेशी समुदायका महिलालाई रक्तदान गर्न हिचहिचकाउने भएका कारण उदारण कै लागी भए पनि त्यस भेगमा गरीएको संयुक्त टोल नगर समिती विराटनगर २० का अध्यक्ष चन्द्रकला वानाले बताईन् । हरेक वर्ष रक्तदान गरिदै आएको यसपाली पनि निरन्तर रुपमा गरिएको कार्यक्रममा अधिकांस मधेशी महिलाको सहभागीता रहेको थिाये ।

रत्तदान कार्यक्रमा संयुक्त टोल नगर संगठनका अध्यक्ष राजेश माश्के, वडा २० का सचिव कमल प्रसाद शाह, सामाजिक परिचालक कविता पडित, संयुक्त टोल नगर संगठनका उपाध्यक्ष कुमार महर्जन, समाजसेवी मनोज सुब्बा, अशुतोष महतो,लक्ष्मण मण्डल,सिता तामाङ,आनन्दीत महतो,सन्तोष पान्डे लगायतको सक्रिय उपस्थितमा रक्तदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्