अमेरिकाको टेक्सासमा महायज्ञ शुरु

<span class='c1'>अमेरिकाको टेक्सासमा</span> <span class='c2'>महायज्ञ शुरु</span>

काठमाडौं । अमेरिकामा बौद्ध बिहार निर्माणको लागि नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सासद्वारा श्रीमद देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) शुरु भएको छ ।

अध्यात्मिक केन्द्रको प्राङ्गणमा मंगलबारदेखि आयोजना गरिएको महायज्ञ बिशेष समारोहमा पशुपतिनाथ तथा बौद्ध बिहार निर्माणको लागि एक लाख डलर भन्दा बढी सहयोग गर्ने दाताहरुले संयुक्त रुपमा पानसमा बत्ति बालेर उदघाटन गरे ।

कार्यक्रममा बोल्दै युलेश सिटीकी मेयर लिण्डा मार्टिनले नेपाली समुदायमा देखिएको साँस्कृतिक एकताको प्रसंसा गर्दै समुदायको लागि गरिने साझा सवालमा युलेश सिटी साझेदारी र सहयोग गर्न तयार गरेको बताइन । युलेश सिटी विविधतायुक्त सांस्कृतिक शहर भएको बताउँदै नेपाली समूदायले आयोजना गर्न लागेको अध्यात्मिक महोत्सव कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरिन् ।

यसैगरि कार्यक्रममा बोल्दै प्रमुख कथाबाचक पण्डित दिनबन्धु पोखरेलले प्रवासमा समेत जात तथा क्षेत्रका नाममा नेपाली समुदाय बिभक्त हुन थालेकोमा चिन्ता ब्यक्त गर्दै धार्मिक तथा अध्यात्मिक चेतनाको माध्यमबाट नेपाली समुदायलाई जोड्नुपर्ने धारणा व्यक्त गरे । महायज्ञमा अमेरिकामा बसोबास गर्दै आएका उपेन्द्र ढकाल र सुप्रिया कार्की ढकालले एक लाख ११ हजार १ सय ११ अमेरिकी डलर (करिब डेढ करोड रुपैयाँ) दान गरेका छन् ।

ढकाल परिवारले महायज्ञको पहिलो दिनमै १ लाख ११ हजार १ सय ११ अमेरिकी डलर दान गरेको टेक्सासबाट अनुप आचार्यले जानकारी गदिए । महायज्ञमा नौं दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्