कानूनको अधीनमा व्यापार व्यवसाय गर्न सक्ने वातावरण बनाउन सरकार सक्षम : गृहमन्त्री लामिछाने

<span class='c1'>कानूनको अधीनमा व्यापार व्यवसाय गर्न सक्ने वातावरण</span> <span class='c2'>बनाउन सरकार सक्षम : गृहमन्त्री लामिछाने</span>

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले व्यवसायीहरुलाई कानूनको अधीनमा रहेर व्यापार व्यवसाय गर्न सक्ने बातावरण बनाउन सरकार सक्षम रहेको बताएका छन् । उनले सबै व्यवसायीहरूलाई समेत प्रचलित नियम कानूनको अधीनमा रहेर व्यापार व्यवसाय गर्न आग्रह गरे ।

बिहीबार पर्सामा भएको राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठीमा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण, प्रतिबन्धित सामान र अखाद्य बस्तु नियन्त्रणमा सबैको सक्रियता आवश्यक रहेको बताए । उनले गलत क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन र आम नागरिकले सुरक्षित महसुस गर्ने गरी भयरहित समाज निर्माणमा सबै मिलेर जानुपर्ने विचार व्यक्त गरे ।

गोष्ठीमा गृह सचिव एकनारायण अर्याल र अर्थ सचिव डा. कृष्ण हरि पुष्करले राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण कुनै एक मात्र निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै त्यसका लागि एकीकृत प्रयास, समन्वय र सहकार्यको आवश्यकता रहेकोमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्