गृहमन्त्रीको राजीनामा माग चर्कीएपछी संसद अधिवेशन अन्त्य गर्ने निर्णय

<span class='c1'>गृहमन्त्रीको राजीनामा माग चर्कीएपछी संसद</span> <span class='c2'>अधिवेशन अन्त्य गर्ने निर्णय</span>

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको हो।

बैशाख २ गते राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो। गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि कांग्रेसले रविको राजीनामा मागिरहेका बेला संसद अधिवेशन गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गृहमन्त्रीलाई राजीनामा गराउँदा त्यसको असर सबैभन्दा बढी एमालेलाई पर्ने देखिएपछि संसद नै अन्त्य गर्ने निर्णयमा पुगेको अनुमान गरिएको छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेका बारेमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै आएको छ । मन्त्रिपरिषद बठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । छलफलमा सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री र अन्य विविध विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्