नयाँ वर्ष

<span class='c1'>नयाँ</span> <span class='c2'>वर्ष</span>

-लक्ष्मी रायमाझी
सपना भत्किएपछि
सबै सबै पुरानो लाग्छ!

उही पुरानो
समय फेरबदलमा
सम्झेर होस् दुखेर होस् कल्पेर होस्
उही पुरानैमा ठोकिएर छुन पुग्छ
आभासमा उतै रुमलिन्छ सोच
प्रेमिल बस्तीमा या शुष्क बन्जरमा होस्!

नव पालुवाका पल्लवित मुना
झाँगिन्छन् मनभरि
पदचापको डोब भित्रबाट
फुत्त निस्किन्छ गहिरा यादहरू!

मनको इलाकाभरि ढाकिन्छ
अपेक्षाकृत नयाँ उमङ्ग
ताजा जोश भरिएर
आकाङ्क्षाको इन्द्रेणी रङ्ममा खुलेर!

जीवनको अध्याय सुरु हुन्छ
नयाँ खुसीहरूको
पललपल रहरको छाल उछलिन्छ
मनको आँगनमा !

वैशाखको भित्तोमा टाँगिन्छ नयाँ पात्रो
पुनः
रङ्गीन बन्छ जिजीविषा!
पटकपटक नयाँ वर्षमा!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्