विराटनगरमा मोडलहरुक‍ो क्याटवक (फोटो फिचर )

<span class='c1'>विराटनगरमा मोडलहरुक‍ो क्याटवक</span> <span class='c2'>(फोटो फिचर )</span>

प्रेम देवान????????????????????????????????????
विराटनगर, १५ असोज
व्रिाटनगरमा शुत्रबार दिनभरी नै चर्को घाम अनि उखरमाउलो गर्मी दिनभरी नै कायम रह्यो तर बेलुकी पख भने शितल – शितल हुदै गयो । त्यही गर्मीको प्रभाहले गर्दा पनि होला विराटनगरको मुटुमा रहेको होटल नमस्कारमा भने छोटा – छोटा पहिरानमा युवती अनि हाप पेन्ट र कोही शुटमा सजिएर होटल भित्र प्रवेश गर्दै थिए ।

दिनभरी उखारमाउलो गर्मी र थकानलाई मेट्न होटल भित्र प्रवेश गर्नेको सख्या लगभग ५ सय कटिसकेको थियो होला । अधिकास युवायुवतीको हातमा १५ सयको टिकट गार्डलाई देखाउदै भित्र प्रवेश गर्दै थिए उता गार्डले पनि टिकट हेर्दै तपाईहरुका लागी डिनर पनि छ भन्दै थिए । जब होटल भित्र प्रवेश गरे त्यहा अर्कै रङ्गिन संसार छाईरहेको थियो। क्रियटिभ हेन्डसले आयोजना गरेको स्थानिय स्तरमा उत्पादन भएका कपडालाई स्वादेश तथा विदेश सम्म पुर्याउने उदेश्यका साथ नाईट्स फेशन सोको एउटा कार्यक्रम चलिरहेको थियो ।

????????????????????????????????????

संम्भवत विराटनगरमा पहिलो पटक होला एउटा फरक शैली र आकर्शित रुपमा मोडल जतिन ताम्राकारको क्रियटमा सजाईएको कार्यक्रम स्थलमा एउटा नयां डिजाईनमा सजिएको थियो । । काठमान्डौबाट आएका चर्चित होष्ट नारायण कडरियाको दमदार बोलीले झनै आर्कशित बनाईरहेको थियो कार्यक्रलाई । सांझ ६ बजे भनिएको समयमा एक घन्टा ढिलो सुरु भएको कार्यक्रममा ७ बजे पछि विराटनगरका मोडलहरु सुरुमा पार्टीवयरबाट ्यापमा उत्रन थाले । कार्यक्र थाली र हुटिङ्ग अनि डिजे लाईट साथमा डिजे साउण्डमा मोडलहरु क्याटवकमा हिड्न थाले ।

????????????????????????????????????

विराटनगरमा रहेका मिस पुर्वेली सुपर मोडल रेष्मा घिमीरे, सुम्नीमा खापुङ्ग, कामना भुजेल, निरुता नेपाल, आस्ना कोईराला,गरिमा श्रेष्ठ, रिता क्टवाल, अर्चु ताम्राकार, गृष्मा केसी, जुनिता रञ्जितकार र सुसम केसी क्याटवकमा उत्रिए । मोडल तथा नायक जतिन ताम्राकारको कोरीयोग्राफर रहेको फेशन शोमा मोडलहरुले नेपाली ढाका, ब्रिडल,गाउन, र क्याजुअल सिक्वन्समा ्याममा उत्रिए ।

????????????????????????????????????

कार्यक्रममा फेशन डिजाईनर शिल्पा कार्कीको विशेष आफ्नै डिजाईनमा क्रिएट गरेको पहिरानमा नायिका रेखा थापा पनि कार्यक्रमको ्यापमा हिडीकी थिईन् । साथै नाईट शोलाई संगितमय बनाउन यहांको स्थानिय लोकल म्यूजिकल व्याण्ड स्मृती, धरानका नवराज बस्नेत, विकेश, के शंकर , मञ्जील श्रेष्ठ र टच डान्स सेन्टरले पनि प्रस्तुति दिएका दिएका थिए ।क्रियटिभ हेन्डसले गत वर्ष देखी स्थानिय स्तरम उत्पादन भएका ढाका, अल्लो र सिस्नोबाट बनेका कपडालाई मोडलहरु माध्यमद्धारा प्रदशनी गर्दै आएको कार्यक्रम संयोजक तथा फेशन डिजाईनर शिल्पा निरला कार्कीले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्