बाँदर धपाउन राखिएको बन्दुक पड्किदा पाँचथरमा एक जनाको मृ*त्यु

<span class='c1'>बाँदर धपाउन राखिएको बन्दुक पड्किदा</span> <span class='c2'>पाँचथरमा एक जनाको मृ*त्यु</span>

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका- ४ सिबुवास्थित बाँदर धपाउन राखिएको बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ ।

आइतबार राती साढे १० बजे घरदेखि अन्दाजी १ किलोमिटर उत्तरमा मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागी भरुवा बन्दुक पड्काउने क्रममा उक्त बन्दुकको फायरिङ पिनको नाल फुटी पड्किदा बारुदको छर्राले शरिरको बिभिन्न भागमा लागेर घाईते भएका स्थानीय ५१ वर्षीय मन कुमार सिगुको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय अमरपुर र अस्थाई प्रहरी चौकी पाँचथरबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्