देउवाको प्रश्न : मदन भण्डारीका हत्यारा किन पत्ता लगाउन नसकेको ?

<span class='c1'>देउवाको प्रश्न : मदन भण्डारीका हत्यारा</span> <span class='c2'>किन पत्ता लगाउन नसकेको ?</span>

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता नलगाएको भनेर प्रश्न गरेका छन् ।

सोमबार नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले मदन भण्डारीको हत्याको विषयलाई लिएर कांग्रेसलाई गाली गलौज गरेकोमा आक्रोश व्यक्त गरे । उनले भण्डारीका ड्राइभर समेत मारिएको तर पनि हत्यारा को हो पत्ता लगाउन नसक्ने अनि कांग्रेसलाई गाली गर्ने भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने,‘मदन भण्डारीसँग मुलुकमा राम्रै कुरा गर्ने मन थियो । त्यो हामीले बुझेका छौं । तर कांग्रेसलाई गाली गर्नुसम्म गर्नुभयो अनि हामीले पनि जवाफ दिनपरिहाल्यो नि । मलाई गाली गर्नेहरुले मदन भण्डारी कसरी मरे, किन भन्न सक्दैन् ?हत्यारा को हो आफू खोज्न नसक्ने अनि कांग्रेलाई गाली गर्ने ?हत्यारा अहिलेसम्म किन पत्ता लगाउन नसकेको ?’सभापति देउवाले अगाडि भने,‘हुँदा हुँदा भण्डारीको ड्राइभर पनि मारियो । मदन भण्डारी राम्रो नेता हुनुहुन्थ्यो, यसमा दुइमत नै छैन् । तर मार्ने को हो ?अहिलेसम्म पत्ता किन लागेन?एमालेबाट विद्या भण्डारी दुई पटक राष्ट्रपति बनिसक्नुभयो, एमालेबाट प्रधानमन्त्री धेरै हुनुभयो, खोई अहिलेसम्म मदनको हत्यारा पत्ता लागेको ?कांग्रेसको विरोध गर्नु सजिलो होला गर्नुहोस् । केही छैन् । तर मलाई गाली गरेर केहि हुनेवाला छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्