लेखक अजयकुमार झालाई सम्मान प्रदान

<span class='c1'>लेखक अजयकुमार झालाई</span> <span class='c2'>सम्मान प्रदान</span>

विराटनगर । ज्येष्ठ नागरिक जिल्ला संघ मोरङले सप्तरीका लेखक तथा पत्रकार अजयकुमार झालाई सम्मान गरेको छ ।

विराटनगरमा सोमबार आयोजित कार्यक्रममा संघले उदयानन्द-मुक्तिनाथ नारायण दासी अर्याल सम्मानबाट झा सम्मानित हुनु भएको हो ।

कवि उदयानन्द अज्र्यालको विषयमा खोज अनुसन्धान गरे बापत झालाई नगद २५ हजारसहित सम्मानपत्रले सम्मानित गरिएको संघले जनाएको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष योगेश्वर निरौलालगायतले सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले उदयानन्द अज्र्यालले भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा पुर्‍याएको योगदानको कदर नभएको उल्लेख गर्नुभयो । उहाँले उदयानन्दलाई सीमित घेराभित्र राख्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा विराटनगर ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, ज्येष्ठ नागरिक संघ कोशी प्रदेश अध्यक्ष मणिकुमार अज्र्याल, विराटनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, साहित्यकार मधु पोखरेल, समाजसेवी जगतप्रसाद अज्र्याल, अर्जुन भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्