कतारका राजा आज नेपाल आउँदै, विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने

<span class='c1'>कतारका राजा आज नेपाल आउँदै,</span> <span class='c2'>विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने</span>

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउँदैछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरले पहिलो पटक नेपालको राजकीय भ्रमण गर्न लागेका हुन् ।

दक्षिण एसियाको भ्रमणमा रहेका कतारी अमिर मंगलबार बंगलादेशबाट सीधै काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिनेछन् । अपरान्ह आइपुग्ने कतारी राजाको स्वागतका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको छ भने उनको सम्मानमा मंगलबार एक दिन सार्वजनिक विदा दिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारी अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेल स्वयम्ले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको छ । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । कतार नेपालीहरूको प्रमुख श्रम गन्तव्यमध्ये एक हो । यसकारण पनि कतारी अमिरको नेपाल भ्रमणका क्रममा महत्वपूर्ण विषयहरूमा द्विपक्षीय वार्ता र सम्झौताहरूमा हस्ताक्षर हुने जनाइएको छ ।

अमिरसँगै कतार सरकारका मन्त्री र उच्च अधिकारीहरू समेत टोलीमा सम्मिलित छन् । दुई देशबीचको बार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले वार्ता गर्नेछन् । कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गरेका छन् ।

त्यस्तै कतारका अमिर शेख थानीले बुधबार प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि अपरान्ह उनी कता फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्