सुन्दरहरैँचाको सुकुना मावि देशकै ठूला विद्यालयहरूको सूचीमा समावेश

<span class='c1'>सुन्दरहरैँचाको सुकुना मावि देशकै</span> <span class='c2'>ठूला विद्यालयहरूको सूचीमा समावेश</span>

मणिराम दाहाल
सुन्दरहरैँचा ।  नेपालका ठूला २० विद्यालयहरूको सूचीमा मोरङको सुन्दरहरैंचामा अवस्थित सुकुना मावि समेत समेटिएको छ । 

विद्यार्थी संख्याका आधारमा सेहर्ड नामक संस्थाले प्रकाशित गरेको इएम आइ एस रिपोर्ट अनुसार सुकुना मावि नेपालको १२ औं स्थानमा पर्न सफल भएको छ। ४ हजार ९६ जना विद्यार्थी भएको  सुकुना माध्यमिक विद्यालय नेपालका ठूला २० स्कुलहरुको सुचीमा १२ औं स्थानमा परेको तथा प्रदेशमा पहिलाे स्थानमा रहेको सुकुना माविका सहायक प्रअ राजेन्द्र गिरीले जानकारी दिए। रिपोर्ट अनुसार नेपालको ठुलो  विद्यालय सूचीमा ८ हजार ८९ जना विद्यार्थी रहेको बुटवलमा अबस्थित कालिका मानव ज्ञान सेकेण्डरी स्कुल परेको छ । 

त्यस्तै दोस्रोमा ६ हजार १९ जना विद्यार्थी रहेको शान्ति नमुना सेकेण्डरी स्कुल , तिलोत्तमा रुपन्देही परेको छ।  तेस्रोमा जनता मोडेल मावि गिड्डा बेलापट्टी, धनुषा परेको छ। सो स्कुलमा ५ हजार ७ सय ८९ विद्यार्थी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्