अश्लिल गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

<span class='c1'>अश्लिल गतिविधि सार्वजनिक गरिदिने भन्दै</span> <span class='c2'>ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ</span>

काठमाडौं । अश्लिल गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले सिन्धुली तीनपाटन गाउँपालिका– ८ का कमलप्रसाद अधिकारीलाई पक्राउ गरेको छ ।

हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ मा बस्ने ३६ वर्षीय अधिकारीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

पाथीभरा माता नाम गरेको फेक फेसबुक मार्फत रोजगारीका लागि फिजिकल फिटनेसको जाँच गर्नुपर्ने भन्दै माग गरेको नग्न फोटो तथा भिडियो सामाजिक संजालमा सार्वजनिक गरिदिने भनेर ब्ल्याकमेल गरी दुःख दिएको भन्ने उजुरीको आधारमा साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा उक्त कार्यमा अधिकारीको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्