चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

<span class='c1'>चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा</span> <span class='c2'>राजेशकाजी श्रेष्ठ चयन</span>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् ।

चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठलाई मंगलबार सल्लाहकार परिषदको अध्यक्षमा चयन गरिएको हो ।

परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ । परिषदमा महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार, सुरेशकुमार बस्नेतलगायत चेम्बर अभियानका अग्रजहरु रहेका छन् । परिषदले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तराष्ट्रिय सम्वन्ध विस्तार, उद्यमी एवं व्यवसायिक हकहित एवं निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । पूर्वअध्यक्ष श्रेष्ठ चेम्बर अभियानमा तीन दशकदेखि सक्रिय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्