गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित

<span class='c1'>गुजरात टाइटन्समाथि दिल्लीको</span> <span class='c2'>रोमाञ्चक जित</span>

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएलमा गएराती भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ४ रनको रोमाञ्चक जित निकालेको छ ।

दिल्लीमा भएको खेलमा कप्तान ऋषव पन्तले ४३ बलमा अविजित ८८ रन बनाएपछि घरेलु टोलीले २० ओभरमा चार विकेट गुमाउँदै २२४ रनको योगफल तयार पा¥यो । पन्तले ४३ बलमा पाँच चौका र आठ छक्का प्रहार गरे । अक्षर पटेलले पनि पाँच चौका र चार छक्काको सहयोगमा ६६ रन बनाए भने ट्रिस्टान स्टब्सले सात बलमा तीन चौका र दुई छक्काको सहयागमा २६ रन जोडे ।

बलिङतर्फ गुजरातका सन्दिप वारियरले तीन विकेट लिए । मोहित शर्माले आईपीएल इतिहासमै एउटै इनिङ्समा सबैभन्दा धेरै रन खाने रेकर्ड बनाए । चार ओभर बलिङ गरेका शर्माको बलमा दिल्लीका ब्याटरले ७३ रन बनाए । मोहितले अन्तिम ओभरमा मात्र ३१ रन दिएका थिए । १८ ओभर सकिँदा १७१ को योगफल बनाएको दिल्लीले अन्तिम दुई ओभरमा ५३ रन बनाउँदा बलियो लक्ष्य खडा गर्न सफल भएको थियो ।२२५ रनको लक्ष्य पछ्याएको गुजरात २० ओभरमा आठ विकेट गुमाउँदा २२० रनमा सिमित भयो । उसका लागि साइ सुदर्शनले सात चौका र दुई छक्काको सहयोगमा ६५ रन बनाए भने डेविड मिलरले २३ बलमा ५५ रनको योगदान दिए ।

बलिङतर्फ रसिक सलामले तीन विकेट लिँदा कुलदिप यादवले दुई विकेट हात पारे । जितसँगै दिल्ली आठ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ। गुजरात टाइटन्स पनि समान आठ अंकसहित सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्