इलाम–२ मा ५७ प्रतिशत मतदान

<span class='c1'>इलाम–२ मा ५७</span> <span class='c2'>प्रतिशत मतदान</span>

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचन अन्तर्गत शनिबार इलाम क्षेत्र नं २ मा अपेक्षाभन्दा कम मतदान भएको छ ।

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिँदा ५७ प्रतिशत अर्थात करिब ६६ हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उक्त निर्वाचन क्षेत्रमा मतदाता संख्या १ लाख १५ हजार ८ सय ८९ छ । मतदान प्रक्रिया शान्तिपूर्णरूपमा सकिएर मतपेटिका संकलनको काम भइरहेको जानकारी प्रजिअ यादवले दिए ।

मतपेटिका संकलन गरेर इलाम बजारस्थित सिटी हलमा राखिने भएको छ । मतगणनाका लागि सिटी हलमा तारजालीसहित सीसीटीभी क्यामरा जडान गरिएको छ । मतगणना दुई ठाउँमा गर्ने तयारी छ । इलाम–२ मा १२ राजनीतिक दलका १२ र ७ स्वतन्त्र गरि १९ जना उम्मेदवार प्रतिस्पर्धी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्