इलाम–२ को मतपेटिका संकलन सकियो, सर्वदलीय बैठक बस्दै

<span class='c1'>इलाम–२ को मतपेटिका संकलन</span> <span class='c2'>सकियो, सर्वदलीय बैठक बस्दै</span>

इलाम । शनिवार उपनिर्वाचन भएको इलाम–२ मा मतपेटिका संकलन कार्य पूरा भएको छ । अहिले विहान सर्वदलीय बैठक बस्दैछ । बैठकलगत्तै मतगणना सुरू गर्ने तयारी छ ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै ठाउँबाट मतपेटिकाहरू संकलन भइसकेको बताए । ‘मतपेटिका संकलन भइसक्यो । अब सर्वदलीय बैठक बस्दैछ,’ उनले भने, ‘बैठकको निर्णयअनुसार मतगणता सुरु हुन्छ । हामीले तत्कालै मतगणना सुरु गर्ने गरी तयारी गरेका छौँ ।’
इलाममा सदरमुकामको गौतमबुद्ध सभागृहमा मतगणनास्थल बनाइएको छ । चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि गणना हुन ढिलाइ भएको हो ।

यहाँ १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले मतदान गरेका छन् । निर्वाचन आयोगका अनुसार यहाँ करिब ६० प्रतिशत मत खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्