१५ हजार रुपैयाँ घूससहित पक्राउ वडाध्यक्षविरुद्ध मुद्दा

<span class='c1'>१५ हजार रुपैयाँ घूससहित</span> <span class='c2'>पक्राउ वडाध्यक्षविरुद्ध मुद्दा</span>

काठमाडौं । घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घूस लिएपछि पक्राउ परेका कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध मुद्दा दायर भएको छ ।

१५ हजार रुपैयाँ घूसको रकमसहित पक्राउ परेका उनीविरुद्ध आयोगले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनलाई आयोगको बुटवल कार्यालयको टोलीले गत चैत १८ गते नियन्त्रणमा लिएको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुरमा बिगो १५ हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) खण्ड (क) बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना हुने मागदाबी लिइ विशेष अदालतमा आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्