बिराटनगर असोज २० , पुर्वाञ्चलका अधिकांश जिल्लामा बीसीजी सिरिन्जको अभाव भएको छ । बालबालिकालाई जन्मने बित्तिकै दिइने उक्त सुई १ महिना देखि अभाव भएको हो । खोपको अभाव भएपछि सेवाग्राही बारम्बार खोप नलगाई फर्किरहेका छन् । बिराटनगरस्थित कोशी अंचल अस्पतालमा दैनिक ४०-४५ जना खोप लगाउन आउने भएपनि सुइ नभएर फर्किरहेका छन् । बिराटनगर जस्तो सहरमा पनि सिरिन्जको अभाव हुनु दुखद भएको सेवाग्राही गुनासो पोख्छन ।