“दशैंको बेला पनि बिराटनगरमा बिजुली किन काटेको ?”

<span class='c1'>“दशैंको बेला पनि बिराटनगरमा</span> <span class='c2'>बिजुली किन काटेको ?”</span>

बिराटनगर असोज २१ , दशैंको बेला पनि बिराटनगरमा बिजुली कटौती कम हुनुपर्नेमा अझ बढिरहेको भन्दै बिराटनगरका उपभोक्तले बिहीबार बिद्युत प्राधिकरण बिराटनगर शाखा पुगेका थिए । उनिहरुले प्राधिकरणमा बिद्धुत कटौती धेरै भएको भन्दै आक्रोश पोखेका थिए । बिद्युत प्राधिकरण बिराटनगर शाखा प्रमुखलाई उनिहरुले दशैंमा पनि किन बिद्युत काटेको भनी प्रश्न गरेका थिए । उपभोक्तहरु पब्लिक फोरमको अगुवाइमा प्राधिकरण पुगेको थियो । प्राधिकरणका अनुसार भारतबाट कम बिद्युत आएकाले विद्युत कटौती अनियमित भएको हो । भारतबाट १ लाख ३२ हजार भोल्ट विद्युत आउनुपर्नेमा अहिले एक लाख १० हजार भोल्ट मात्रै आएकाले समस्या भएको प्राधिकरणले बतायो । शनिबारदेखि अन्य उद्योगहरु बन्द हुने भएकाले शनिबारदेखि नियमित विद्युत आउने प्राधिकरणले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्