‘टाइटानिक’ अभिनेता बर्नार्डको निधन

<span class='c1'>‘टाइटानिक’ अभिनेता</span> <span class='c2'>बर्नार्डको निधन</span>

काठमाडौं । हलिउड चर्चित फिल्म ‘टाइटानिक’ र ‘लर्ड अफ द रिङ्ग्स’ जस्ता ब्लकबस्टर र अवार्ड विजेता फिल्मका अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन भएको छ ।

अभिनेत्री तथा बर्नार्डकी को–स्टार बारबरा डिक्सनले उनको निधनको पुष्टि गरेकी छन् । बारबराले ट्वीटरमा निधनको जानकारी दिँदै भावुक पोस्ट लेखेकी छन्। ‘म अत्यन्त दुःखका साथ भनिरहेकी छु कि बर्नार्ड हिलको निधन भएको छ । हामीले सन् १९७४ मा रिलिज विली रसेलको शो ‘जोन पल जर्ज रिंगो एण्ड बर्ट’मा सँगै काम गरेका थियौं । उनी कमालका अभिनेता थिए ।

उनलाई भेट्न र उनीसँग काम गर्न पाउनु सम्मानको कुरा थियो । भगवानले तिम्रो आत्मालाई शान्ति देउन’, उनले लेखेकी छन् । बर्नार्डको निधन के कारणले भएको भन्ने पुष्टि हुन सकेको छैन । बर्नार्डले फिल्म ‘टाइटानिक’मा क्याप्टेन एडवर्ड जे स्मिथको भूमिका निभाएका थिए । उनले फिल्मका अलावा टेलिभिजन सिरियल र थिएटरमा धेरै काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्