धनकुटाको सिधुवामा जेठ १० गते रगरगे मेला लाग्ने

<span class='c1'>धनकुटाको सिधुवामा जेठ १०</span> <span class='c2'>गते रगरगे मेला लाग्ने</span>

धनकुटा । धनकुटाको छथर जोरपाटी गा.पा. ६ ,सिंधुवा बजारमा चण्डीपूर्णे रगरगे मेला तथा दोस्रो सिधुवा रन–२०८१ आयोजना हुने भएको छ । आगामी जेठ १० गते चण्डि पूर्णीमा एवं बुद्ध जयन्तीको अवसरमा कार्यक्रम आयोजना हुने भएको हो ।

सिधुवाको पुरानो मेला (रगरगे) लोप हुँदै गएको थियो । गतवर्षदेखि यसलाई नयाँ तरिकाले आयोजना गर्न थालिएको हो । यस पटक पनि भब्य र सभ्य तरिकाले सम्पन गर्न आयोजक समिति गठन गरिएको छ । मुलआयोजक सदस्य अनिश खुलालका अनुसार बिभिन्न सङ्घ सस्था सरोकारवाला निकायबीच छलफल आयोजना गरेर उपसमिति गठन गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय कलाकारको प्रस्तुतिसहित विविध साँस्कृतिक कार्यक्रम हुने छ । धान नाच ढोल नाच बिभिन्न जातजातिका झाँकि तथा राष्ट्रिय कलाकार समेतलाई निम्तयाएर कार्यक्रमहरु गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्